backend

पर्व मनाउनका लागि गाउँ जाँदै गरेका नागरिकमाथि पर्न गएको यो अकल्पनीय पीडा र दु:खमा साथ दिनका लागि स्थानीय जनप्रतिनिधिहरू तथा पार्टीका सम्पूर्ण साथीहरूलाई आह्वान गर्न चाहन्छु।

पर्वका बेला अप्रत्याशित रूपमा बढिरहेका यस्ता सडक दुर्घटनाहरूले धेरै जनधनको क्षति भएको छ। यसका कारणहरू पत्ता लगाएर दुर्घटना न्यूनिकरणका लागि पहल गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु।

अछामको पन्चदेवल विनायक नगरपालिका-१ कुइकामा भएको जीप दुर्घटनामा चारजनाको मृत्यु भएको खबरले अत्यन्त दुखित छु। घटनामा मृत्यु भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। दुर्घटनामा घाइते भएका सबैजनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

दुर्घटना आफैमा अकल्पनीय हो। तर यसको न्यूनिकरण भने गर्न सकिन्छ। यस प्रकारका सडक दुर्घटनाहरूको न्यूनिकरणका लागि म सम्बन्धित निकायहरूको ध्यानाकर्षण पनि गर्न चाहन्छु।

On #WorldMentalHealthDay today, I call on governments, development partners, civil society, communities, and families – to contribute to mental health care and ensure this becomes part of mainstream health care services in #Nepal.

२०७८ सालको बडा दशैं,दीपावली,नेपाल सम्वत एवम् छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको उत्तरोत्तर प्रगति, सुख शान्ति, समृद्धि सुस्वास्थ्य एवं दीर्घ जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।