लोकतन्त्र, समाजबाद्, राष्ट्रियता, भौगोलिक अखण्डता र विश्व भातृत्वमा बिश्वास राख्नने नेपाली कांग्रेसको केन्द्रिय सदस्य एवम पूर्व माननीय
डा. डिला संग्रौला
जीवनी
राप्ती अञ्चल दाङ जिल्लाको घोराही नगरपालिकाको टेरौटे भन्ने स्थानमा एउटा मध्यम वर्गीय परिवारमा जन्म लिई आफ्नो जीवन यात्रा प्रारम्भ गर्दै अनेकौं अप्ठ्यारा एवम् असजिला क्षणहरुलाई छिचोल्दै, पार गर्दै अविचलित रुपमा लागेको फलस्वरुप नै डा. डीला संग्रौला (पन्त) आजको यस अवस्थामा आइपुगेको कुरा स्मरणीय छ ।
पश्चिम नेपालको दाङमा जन्मी, हुर्की, आफ्नो बाल्यकाल र प्रारम्भिक पठनपाठन गर्दै उच्च शिक्षाको खुड्किलो चढ्दै गर्दा वैवाहिक बन्धनमा बाँधिई घरव्यवहार, सन्तानको लालन–पालन, शिक्षा दिक्षा, आफ्नो पढाई र राजनीति समेतलाई एकै साथ अगाडि बढाउनु कम चुनौतिपूर्ण अवस्था थिएन एक सामान्य मध्यम वर्गीय एकल परिवारको लागि ।
ईस्लाम धर्मावलम्बीको महान चाड ईदको अवसरमा शुभकामना !! pic.twitter.com/Ntjc9zr98b
— Dr Dila Sangroula (@dilasangroula) March 31, 2025
रङ्गहरुको पर्व होलीपुर्णिमाको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जयनेपाल।। pic.twitter.com/vzkA42yKkf
— Dr Dila Sangroula (@dilasangroula) March 13, 2025
आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस
— Dr Dila Sangroula (@dilasangroula) March 7, 2025
अर्थात ( March 8.. )बिश्व भरी छरिएर रहनु भएका सबै महिला दिदिबहिनीहरुमा " सशक्तीकरण " "समानता" " समान अधिकार" प्राप्त होस। हार्दिक शुभकामना व्यक्त गर्दछु। pic.twitter.com/qOOraa3ASo
लेखहरू
- कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागमा १० सदस्य मनोनीत - काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला प्रमुख रहेको पेसागत तथा बुद्धिजीवी विभागको सदस्यमा विभिन्न सदस्य मनोनयन गरेका छन् । उनले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम आज १० सदस्य मनोनयन गरेका हुन् । विभागमा डा. लोकनाथ दुलाल, डा. विष्णु बस्याल, डा. तबस्सुम सिद्दिकी, देवराज अवस्थी, …
कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागमा १० सदस्य मनोनीत Read More »
- सभापति देउवाले गरे पार्टीको पेशागत तथा बुद्धिजीवी विभाग विस्तार - काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पेशागत तथा बुद्धिजीवी विभाग विस्तार गरेका छन् । उनले कांग्रेसको विधानको धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य डा. डिला संग्रौला प्रमुख रहेको विभाग विस्तार गरेका हुन् ।
- अधुरो र अपुरो कर्णाली - कर्णाली सभ्यता र इतिहासका दृष्टिले वैभवशाली छ । भाषा, सभ्यता र संस्कृतिका रूपमा यहाँका भूभाग ऐतिहासिक छन् । नेपाली भाषाको उद्गम स्थलका रूपमा जुम्लाको सिन्जा हाम्रो गौरव र पहिचान हो । प्राकृतिक सुन्दरता र सांस्कृतिक परम्पराको नमुना सिन्जामा नेपाली भाषाको ताम्रपत्र, स्वर्णपत्र, शिलालेख जस्ता प्राचीन र ऐतिहासिक सम्पदा देख्न पाइन्छ ।
- लोकतान्त्रिक गणतन्त्रको मर्म - मुलुकमा गणतन्त्र स्थापना भएको डेढ दशक पूरा भएको छ । जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधानअनुरूप सम्पन्न संविधानसभाको निर्वाचनपश्चात् गठन भएको संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते निरंकुश राजतन्त्र अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको विधिवत् रूपमा घोषणा गर्यो । त्यसपछिको संविधानसभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गर्यो ।
- निर्वाचनमा महिला कहाँ ? -
- महिलाहरू घर मात्र हैन, देश चलाउन पनि सक्षम छन् : डा. डिला संग्रौला -
- महिलालाई धेरै ठाउँमा प्रत्यक्ष चुनाव लड्न दिन दलहरूलाई संग्रौलाको माग -
- महिलाहरु प्रत्यक्षतर्फ चुनाव लड्न तत्पर छन्, नेतृत्वले कम नआँकोस्ः डिला संग्रौला -
- सांसद संग्रौलाको प्रश्न–दुइटै सदनबाट पारित भएको विधेयक प्रमाणीकरण गर्नु राष्ट्रपतिको कर्तव्य हैन र? -
- ‘एमालेले नागरिकलाई अनागरिक बनायो’ -
समाचार/सूचना
- - नेपाल आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ का लागि छनोट भएको छ । हार्दिक बधाई नेपाली यू-१९ महिला क्रिकेट टोलीलाई, थप सफलताको लागि हार्दिक शुभकामना !!
- - २७ औ स्मृति दिवस l २०४६ सालको जनआन्दोलनका कमान्डर तथा नेपाली काग्रेसका संस्थापक, सर्वमान्य नेता, निष्ठा र त्यागका प्रतिमूर्ती लौहपुरुष गणेशमान सिंह ज्यु को २७ औ स्मृति दिवसको अवसरमा उहाँ प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।
- - राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सुचना पालना गर्दै सतर्कता र सावधानी अपनाएर सुरक्षित रहौं। केही दिन जोखिमयुक्त क्षेत्रमा यात्रा नगरौं, सम्भावित खतरा रहेका स्थानबाट टाढा रहौं, र स्थानीय प्रशासनले जारी गरेका निर्देशनहरू पालना गरौं।
- - नेपाली कांग्रेसका सस्थापक नेता , महामान वी पी कोइराला १११ जन्म जयन्तीको अवसरमा उहाँ प्रति भावपुर्ण श्रद्धासुमन अर्पण गर्दछु !
- - विश्वकर्मा पूजा तथा सांस्कृतिक पर्व ईन्द्रजात्राको हार्दिक शुभकामना !
- - ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद) को अवसरमा हार्दिक शुभकामना ।