समाचार/सूचना
- - नेपालको लोकतान्त्रिक आन्दोलनकी एक कर्मठ,अथक योद्धा, महिला हक, हित र अधिकारका लागि सधै संघर्षशिल ब्यक्तित्व नेपाल महिला संघकी संस्थापक अध्यक्ष श्रद्धेय मंगलादेवी सिंहको २९ औँ स्मृति दिवस (२०५३ भाद्र १०)का अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
- - नेपाली कांग्रेसका पुर्व सभापति सादगी नेता श्रद्धेय सुशील कोइरालाज्युको ८६ औं जन्म जयन्तीको अवसरमा उहां प्रति भाव पुर्ण श्रद्धा सुमन व्यक्त गर्दछु। जय नेपाल
- - हिन्दु धर्मावलम्बीहरुको पर्व रक्षा बन्धन तथा जनै पुर्णिमाको अवसरमा सबैमा शुभकामना ।
- - भारतको उत्तराखण्डमा आएको बाढीमा परी श्रमका लागि त्यहाँ गएका नेपाली नागरिकहरु बेपत्ता भएको घट्नाले स्तब्ध बनाएको छ । उनीहरूको उद्दारको लागि तत्काल कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु ।
- - महिला माथि किन अन्याय ? बहुबिवाह गर्ने कानुन ल्याउनु सरासर गलत हो !!
- - आज गुरुपूर्णिमाको पावन अवसरमा, सम्पूर्ण गुरुजनहरूप्रति हार्दिक नमन तथा अपार कृतज्ञता व्यक्त गर्दछु। हाम्रो जीवनको मार्गदर्शन, प्रेरणा र ज्ञान दिनुहुने सबै गुरुप्रति शतशः वन्दन। गुरुपूर्णिमा तपाईंहरू सबैमा शुभ रहोस्।।
- - नेपाली कांग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री, शान्ति प्रक्रियाका नायक, गणतन्त्रका प्रवर्तक शिखर पुरूष गिरीजा प्रसाद कोईरालाको १०२औ जन्मजयन्तीको अवसरमा ऊहा प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु !!
- - सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो । यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारवाही होस !
- - आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस (२१ जेष्ठ) । नेपालको संविधान २०७२ ले जातीय भेदभावलाई निषेध गर्नुका साथै छुवाछुतलाई दण्डनीय बनाएको छ। नेपालको कुल जनसंख्याको १३.४ प्रतिशत अर्थात् करिब ३९ लाख दलित छन् । तर सरकारी तहमै उनीहरूको प्रतिनिधित्व अत्यन्त न्यून छ –
- - गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना !!