लोकतन्त्र, समाजबाद्, राष्ट्रियता, भौगोलिक अखण्डता र विश्व भातृत्वमा बिश्वास राख्नने नेपाली कांग्रेसको केन्द्रिय सदस्य एवम पूर्व माननीय

डा. डिला संग्रौला

जीवनी

राप्ती अञ्चल दाङ जिल्लाको घोराही नगरपालिकाको टेरौटे भन्ने स्थानमा एउटा मध्यम वर्गीय परिवारमा जन्म लिई आफ्नो जीवन यात्रा प्रारम्भ गर्दै अनेकौं अप्ठ्यारा एवम् असजिला क्षणहरुलाई छिचोल्दै, पार गर्दै अविचलित रुपमा लागेको फलस्वरुप नै डा. डीला संग्रौला (पन्त) आजको यस अवस्थामा आइपुगेको कुरा स्मरणीय छ ।

पश्चिम नेपालको दाङमा जन्मी, हुर्की, आफ्नो बाल्यकाल र प्रारम्भिक पठनपाठन गर्दै उच्च शिक्षाको खुड्किलो चढ्दै गर्दा वैवाहिक बन्धनमा बाँधिई घरव्यवहार, सन्तानको लालन–पालन, शिक्षा दिक्षा, आफ्नो पढाई र राजनीति समेतलाई एकै साथ अगाडि बढाउनु कम चुनौतिपूर्ण अवस्था थिएन एक सामान्य मध्यम वर्गीय एकल परिवारको लागि ।

लेखहरू

समाचार/सूचना

  • - नेपालको लोकतान्त्रिक आन्दोलनकी एक कर्मठ,अथक योद्धा, महिला हक, हित र अधिकारका लागि सधै संघर्षशिल ब्यक्तित्व नेपाल महिला संघकी संस्थापक अध्यक्ष श्रद्धेय मंगलादेवी सिंहको २९ औँ स्मृति दिवस (२०५३ भाद्र १०)का अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
  • - नेपाली कांग्रेसका पुर्व सभापति सादगी नेता श्रद्धेय सुशील कोइरालाज्युको ८६ औं जन्म जयन्तीको अवसरमा उहां प्रति भाव पुर्ण श्रद्धा सुमन व्यक्त गर्दछु। जय नेपाल
  • - हिन्दु धर्मावलम्बीहरुको पर्व रक्षा बन्धन तथा जनै पुर्णिमाको अवसरमा सबैमा शुभकामना ।
  • - भारतको उत्तराखण्डमा आएको बाढीमा परी श्रमका लागि त्यहाँ गएका नेपाली नागरिकहरु बेपत्ता भएको घट्नाले स्तब्ध बनाएको छ । उनीहरूको उद्दारको लागि तत्काल कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु ।
  • - महिला माथि किन अन्याय ? बहुबिवाह गर्ने कानुन ल्याउनु सरासर गलत हो !!
  • - आज गुरुपूर्णिमाको पावन अवसरमा, सम्पूर्ण गुरुजनहरूप्रति हार्दिक नमन तथा अपार कृतज्ञता व्यक्त गर्दछु। हाम्रो जीवनको मार्गदर्शन, प्रेरणा र ज्ञान दिनुहुने सबै गुरुप्रति शतशः वन्दन। गुरुपूर्णिमा तपाईंहरू सबैमा शुभ रहोस्।।

अन्तर्वाताहरु

फोटो संग्रह