backend

२७ औ स्मृति दिवस l २०४६ सालको जनआन्दोलनका कमान्डर तथा नेपाली काग्रेसका संस्थापक, सर्वमान्य नेता, निष्ठा र त्यागका प्रतिमूर्ती लौहपुरुष गणेशमान सिंह ज्यु को २७ औ स्मृति दिवसको अवसरमा उहाँ प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सुचना पालना गर्दै सतर्कता र सावधानी अपनाएर सुरक्षित रहौं। केही दिन जोखिमयुक्त क्षेत्रमा यात्रा नगरौं, सम्भावित खतरा रहेका स्थानबाट टाढा रहौं, र स्थानीय प्रशासनले जारी गरेका निर्देशनहरू पालना गरौं।

नेपाली कांग्रेसका सस्थापक नेता , महामान वी पी कोइराला १११ जन्म जयन्तीको अवसरमा उहाँ प्रति भावपुर्ण श्रद्धासुमन अर्पण गर्दछु !

विश्वकर्मा पूजा तथा सांस्कृतिक पर्व ईन्द्रजात्राको हार्दिक शुभकामना !

अधुरो र अपुरो कर्णाली

कर्णाली सभ्यता र इतिहासका दृष्टिले वैभवशाली छ । भाषा, सभ्यता र संस्कृतिका रूपमा यहाँका भूभाग ऐतिहासिक छन् । नेपाली भाषाको उद्गम स्थलका रूपमा जुम्लाको सिन्जा हाम्रो गौरव र पहिचान हो । प्राकृतिक सुन्दरता र सांस्कृतिक परम्पराको नमुना सिन्जामा नेपाली भाषाको ताम्रपत्र, स्वर्णपत्र, शिलालेख जस्ता प्राचीन र ऐतिहासिक सम्पदा देख्न पाइन्छ ।

लोकतान्त्रिक गणतन्त्रको मर्म

मुलुकमा गणतन्त्र स्थापना भएको डेढ दशक पूरा भएको छ । जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधानअनुरूप सम्पन्न संविधानसभाको निर्वाचनपश्चात् गठन भएको संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते निरंकुश राजतन्त्र अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको विधिवत् रूपमा घोषणा गर्‍यो । त्यसपछिको संविधानसभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गर्‍यो ।

ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद) को अवसरमा हार्दिक शुभकामना ।

ने.बि.संघको ५४ औं स्थापना दिवसको सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !

नयाँ बर्ष २०८० पावन अवसरमा देश बिदेश मा रहनुभएका सम्पुर्ण दाजुभाई ,दिदीबहिनी र आमा-बुबाहरू लगायत सबैमा हार्दिक मंगलमय शुभकामना !

नेपाली कांग्रेसको तर्फबाट नव नियुक्त उपप्रधानमन्त्री तथा रक्षा मंन्त्री माननीय पुर्ण बहादुर खड्का, अर्थ मंन्त्री डा.प्रकाश शरण महत, ऊद्ध्योग वाणिज्य तथा आपूर्ति मंन्त्री रमेश रिजाल र शहरी विकास मंन्त्री सिता गुरुंग नेपाल सरकारको मन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई