backend

महालक्ष्मी नगरपालिकामा नेपाली कांग्रेसको १०० दिने अभियान सुरू

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा नेपाली कांग्रेसको १०० दिने विशेष अभियानको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले शुभारम्भ गर्दै अव कांग्रेसलाई गाउँ–गाउँबाट अझ सक्रिय बनाउने वताइन् । नेता संग्रौलाले कांग्रेसको यस अभियानबाट कांग्रेस लाई पूर्ण एकता कायम गर्ने वताइन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनकी एक कर्मठ,अथक योद्धा, महिला हक, हित र अधिकारका लागि सधै संघर्षशिल ब्यक्तित्व नेपाल महिला संघकी संस्थापक अध्यक्ष श्रद्धेय मंगलादेवी सिंहको २९ औँ स्मृति दिवस (२०५३ भाद्र १०)का अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

नेपाली कांग्रेसका पुर्व सभापति सादगी नेता श्रद्धेय सुशील कोइरालाज्युको ८६ औं जन्म जयन्तीको अवसरमा उहां प्रति भाव पुर्ण श्रद्धा सुमन व्यक्त गर्दछु। जय नेपाल

हिन्दु धर्मावलम्बीहरुको पर्व रक्षा बन्धन तथा जनै पुर्णिमाको अवसरमा सबैमा शुभकामना ।

भारतको उत्तराखण्डमा आएको बाढीमा परी श्रमका लागि त्यहाँ गएका नेपाली नागरिकहरु बेपत्ता भएको घट्नाले स्तब्ध बनाएको छ । उनीहरूको उद्दारको लागि तत्काल कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु ।

महिला माथि किन अन्याय ? बहुबिवाह गर्ने कानुन ल्याउनु सरासर गलत हो !!

आज गुरुपूर्णिमाको पावन अवसरमा, सम्पूर्ण गुरुजनहरूप्रति हार्दिक नमन तथा अपार कृतज्ञता व्यक्त गर्दछु। हाम्रो जीवनको मार्गदर्शन, प्रेरणा र ज्ञान दिनुहुने सबै गुरुप्रति शतशः वन्दन। गुरुपूर्णिमा तपाईंहरू सबैमा शुभ रहोस्।।

नेपाली कांग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री, शान्ति प्रक्रियाका नायक, गणतन्त्रका प्रवर्तक शिखर पुरूष गिरीजा प्रसाद कोईरालाको १०२औ जन्मजयन्तीको अवसरमा ऊहा प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु !!

सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो । यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारवाही होस !

आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस (२१ जेष्ठ) । नेपालको संविधान २०७२ ले जातीय भेदभावलाई निषेध गर्नुका साथै छुवाछुतलाई दण्डनीय बनाएको छ। नेपालको कुल जनसंख्याको १३.४ प्रतिशत अर्थात् करिब ३९ लाख दलित छन् । तर सरकारी तहमै उनीहरूको प्रतिनिधित्व अत्यन्त न्यून छ –