काठमाडौँ : नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा प्रवासमा रहेका जनसम्पर्क समितिहरूको भूमिकाका बारेमा बृहत् छलफल हुने भएको छ।
‘लोकतन्त्रका लागि हाम्रो अभियान’ ले नेपालका सातै प्रदेशमा छलफल चलाए पछि प्रवासमा पनि अन्तरक्रिया आयोजना गर्न लागेको कार्यक्रमकी संयोजक तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बताइन् ।
आउंदो आइतबार, १८ जुलाईका दिन आयोजना हुने सो कार्यक्रममा चर्चित समाजवादी चिन्तक तथा कांग्रेसका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी प्रमुख वक्ताको रुपमा रहेका छन् । नेपाली कांग्रेस केन्द्रिय प्रचार विभागका सदस्य बिमल सुवेदीले कार्यक्रमको संचालन गर्ने छन्।
“हामीले युरोप, अमेरिका र मध्यपूर्वका जनसम्पर्क समितिका पदाधिकारी साथीहरु तथा नेपाली कांग्रेसप्रति आस्थावान सबै साथीहरुलाई कार्यक्रममा आमन्त्रण गर्ने प्रयास गरेका छौं। कोहि साथीहरुलाई अझैसम्म निम्तो प्राप्त नभएको भए पोस्टरमा उल्लेखित जूम आइडिमा जोडिनु हुन हामी हार्दिक आग्रह गर्दछौं,” डा. संग्रौलाले भनिन्।